७ बैशाख २०७८, मंगलवार

सुनचाँदीको मुल्यमा गिरावट

काठमाडौं, १५ माघ । नेपाली बजारमा सुनचाँदीको मुल्यमा उतारचढाव जारी छ । हिजो बुधबार ७०० रुपैयाँले घटेको सुन आज तोलामा १०० रुपैयाँ घटेको छ । आज छापावाल सुन १०० रुपैयाँले घटेर प्रतितोला ९२००० हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

 त्यस्तै तेजावी सुन पनि तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
चाँदी आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस