२८ चैत्र २०७७, शनिबार

प्रचण्ड–नेपाल समूहको केन्द्रीय सङ्घर्ष समिति बैठक पेरिसडाँडामा

काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय सङ्घर्ष समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ ।

दुबै अध्यक्षको उपस्थितिमा बसेको बैठकले अहिलेसम्मका आन्दोलन कार्यक्रमको समीक्ष र थप कार्यक्रम बारेमा पनि छलफल गरेको छ ।

प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणको विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । केन्द्रीय सङ्घर्ष समितीका संयोजक नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आगामी कार्यक्रममा जनसहभागिता बढाउने र विपक्षी राजनीतिक दल तथा नागरिक आन्दोलनसँग जोडिने बारेमा पनि छलफल गरेको छ ।

गत पुस ५ मा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकेपछि असन्तुष्टि जनाउँदै प्रचण्ड–नेपाल समूह प्रदर्शनमा उत्रिएको हो ।

प्रतिक्रिया दिनुहोस