
आज देशभरको मौसम कस्तो रहन्छ ?
काठमाडौं, १५ माघ । हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति रहेको छैन । तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतय सफा रहेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।
आज राती देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिन्छ ।
प्रतिक्रिया दिनुहोस