२८ चैत्र २०७७, शनिबार

संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहका संसदहरु धर्नामा

काठमाडौं, १४ माघ । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहका संसदहरु आज धर्नामा बसेका छन् । माइतीघर मण्डलामा उनीहरु धर्नामा बसेका हुन् ।

संसद विघटन गर्न पाइँदैन, निरकुंशतन्त्र चाहिँदैन लगायतको प्लेकार्ड बोकेर उनीहरु धर्नामा बसेका हुन् । गत पुस ५ गते सरकारले संसद विघटन गरेपछि अहिले सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएको छ ।

प्रचण्ड–माधव समूहले ओलीको यो कदमलाई प्रतिगामी र असंवैधानिक कदम भएको भन्दै विरोध गर्दै आएको छ । विरोध कार्यक्रमको तेस्रो चरणअन्तर्गत आज उनीहरु धर्नामा बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस