७ बैशाख २०७८, मंगलवार

आज देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौं, १४ माघ । हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति रहेको छैन ।

हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

आज काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं. १ तथा गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

प्रदेश नं. १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस