७ बैशाख २०७८, मंगलवार

मंगलबार नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौं, १३ माघ । साताको तेस्रो दिन मंगलबार सेयर बजार १७ अंकले ओरालो लागेको छ । १७.७९ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय २३ दशमलव ०९ अंकमा झरेको छ । नेप्से परिसूचकमात्रै होइन ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.५८ अंकले ओरालो लागेको छ ।

कारोबार रकम पनि ८ अर्ब रुपैयाँ भन्दा माथि पुगेको छ । दिनभर भएका ६३ हजार ५ सय ९६ कारोबारबाट १ करोड ९५ लाख ६२ हजार २३९ कित्ता सेयर किनेबच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब २५ करोड ३३ लाख ४१ हजार रुपैयाँ नाघेको छ ।

प्रतिक्रिया दिनुहोस