७ बैशाख २०७८, मंगलवार

काठमाडौं उपत्यकाका यी ११ अस्पतालबाट एकैपटक सुरु हुनेछ कोरोनाविरुद्धको खोप

काठमाडौं, १३ माघ । नेपालमा कोरोना भाइरस विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टरले लगाउने भएका छन् ।

बुधबार बिहान १० बजे सुरु हुने खोप अभियान अन्तर्गत सो अस्पतालका निर्देशक ढा. सागर राजभण्डारीले लगाउने भएका हुन् ।

खोप अभियानअन्तर्गत आफूले पहिलो खोप लगाउने डा. राजभण्डारीले जानकारी दिएका छन ।

बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका तीन वटा अस्पतालमा भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । बुधबारदेखि सुरु हुने खोप अभियानका लागि सातै प्रदेशमा खोप पुर्‍याइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

भारतबाट अनुदानमा प्राप्त १० लाख डोज खोप सुरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा शववाहन चालक लगायतलाई दिने जनाएको छ ।

अभियान शुभारम्भका लागि प्रत्यक्ष जोडिने अस्पतालहरु

१. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
२. वीर अस्पताल
३. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
४. पाटन अस्पताल
५. परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
६. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
७. भक्तपुर अस्पताल
८. शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र
९. काठमाडौं मेडिकल कलेज, जोरपाटी
१०. सशस्त्र प्रहरी अस्पताल, बलम्बु
११. शहिद गंगालाल अस्पताल

प्रतिक्रिया दिनुहोस