
सुनचाँदीको मुल्य वृद्धि
काठमाडौं, १३ माघ । शुक्रबार देखि लगातार घटेको सुनचाँदीको मुल्य मंगलबार भने बढेको छ । नेपाली बजारमा आज छापावाला सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने घटेको छ । चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस