२८ चैत्र २०७७, शनिबार

केटुको सफल आरोहण गरी नेपाली टोली स्वदेश फर्किए,विमानस्थलमा स्वागत

काठमाडौं, १३ माघ । विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरी नेपाली पर्वतारोहण टोली स्वदेश फर्किएका छन । उनीहरुलाई लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

१० जना नेपाली पर्वतारोही टिमले विश्वको दोस्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर विश्व रेकर्ड बनाएका थिए । उनीहरुले ३ माघ २०७७ अर्थात् १६ जनावरी २०२१ मा हिमालको सफल आरोहण गरेका थिए ।

उनीहरुले ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल आरोहण गरेका हुन् । केटु हिमाल अहिलेसम्म हिउदयाममा कसैलेपनि आरोहण गर्न सकेका छैनन् । पाकिस्तान र चीनको सीमामा रहेको यो हिमाल काराकोरम पर्वत श्रृांखलामा पर्दछ ।

केटु ८ हजारभन्दा बढी उचाइ रहेका विश्वका १४ हिमालमध्ये एक हो । सर्वोच्च शिखर सगरमाथाभन्दा २३७.८६ मिटर कम उचाइ रहेको छ ।

अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा केटु हिमाल चढ्ने गरेपनि असफ भए र उनको मृत्यु भयो ।

सुरुमा नेपाली पर्वतारोहीको चारवटा टोली पर्वतारोहणका लागि निस्किएको थियो । जसमा ६० जना सदस्य थिए । अन्तिममा १० जनाले मात्र सफल आरोहण गरे ।

प्रतिक्रिया दिनुहोस