२८ चैत्र २०७७, शनिबार

आज देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौं, १३ माघ । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । देशका पूर्वी पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै आजको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरूको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस