
नेप्से परिसूचक बढेपनि सेन्सेटिभ इन्डेक्स भने घटे
काठमाडौं, १२ माघ । साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.०४ अंकले उकालो लागेको छ । नेप्से परिसूचक बढेपनि ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेको छ ।
नेप्से परिसूचक १६.०४ अंकले बढ्दा नेप्से परिसूचक २ हजार ४ सय ४० दशमलव ८७ अंकमा पुगेको छ । यो हाल सम्मकै उच्च हो । कारोबार रकम भने ८ अर्ब ९० करोड ३५ लाख रुपैयाँ माथि पुगेको छ ।
समग्रमा बजार बढेपनि अधिकांश समूहरु भने घटेका छन् । बैंकिङ, व्यापार लगायतका समूह बढेर हरियाली हुँदा अन्य समूह भने घटेर राताम्मे देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस