२८ चैत्र २०७७, शनिबार

कोरोना संक्रमितको संख्या बढ्यो

काठमाडौं, १२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४०१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ। हाल देशभर ३ हजार २ सय ४० सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ४ हजार ८ सय ५८ पीसीआर परीक्षण भएको छ। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ।

प्रतिक्रिया दिनुहोस