९ बैशाख २०७८, बिहीबार

नागरिक मार्चमा प्रहरीको हस्तक्षेप

काठमाडौं, १२ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले निकालिएको मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बृहत नागरिक आन्दोलनको आहृवानमा शमपोखरी बचाउ अभियानका अभियान्ताहरुबाट माटोको टीका लगाएपछि मार्च सुरु भएको थियो । तर बालुवाटार नपुग्दै प्रहरीले रोक्यो ।

प्रहरी घेरा तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको पोहोरा हानेको छ । प्रतिनिधिसभा विघटनबिरुद्ध नागरिक अगुवाहरु केही सातादेखि निरन्तर आन्दोलनमा छन्।

प्रतिक्रिया दिनुहोस