१३ फाल्गुन २०७७, बिहीबार

प्रचण्ड-माधव पक्षले आज संघर्षका थप कार्यक्रम घोषणा गर्दै

काठमाडौं, १२ माघ । नेकपा प्रचण्ड-माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका थप कार्यक्रमहरु आज घोषणा गर्ने भएको छ।

आफू पक्षधर समूहको स्थायी कमिटी बैठक सकिएपछि आइतबार साँझ त्यसबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय संघर्ष समितिमार्फत संघर्षका थप कार्यक्रमहरु घोषणा हुने जानकारी दिएका छन।

उनले अन्य पार्टीहरुसँग पनि संयुक्त संघर्षका लागि प्रयास भइरहेको जानकारी दिएका छन। स्थायी किमिटी बैठकले जिल्ला र प्रदेशमा रिक्त पद पूर्तिका लागि सचिवालयका सदस्यलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ।

सचिवालय सदस्यले प्रदेशका पदाधिकारीसँग छलफल गरि रिक्त पदपूर्ति गर्ने श्रेष्ठले जानकारी दिएका छन। यस्तै दाहाल–नेपाल समूहले कार्यलय सचिवमा गंगालाल तुलाधर र उपसचिव मोहन गौतमलाई नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस