
स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडको सहज जित
एजेन्सी, १२ माघ । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियामाथि तीन एक गोल अन्तरको जित हात पारेको छ ।
यो जितसंगै एट्लेटिको म्याड्रिडले दोस्रो स्थानको रियल म्याड्रिडविरुद्ध ७ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ ।
खेलको ११औं मिनेटमा युरोस रासिसले जोस गायाको पासमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए ।
तर भ्यालेन्सियाको त्यो अग्रता लामो समय टिकेन । खेलको २३औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए ।
खेलको ५४औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा दुई एक गोलको अग्रता दिलाए ।
खेलको ७२औं मिनेटमा एन्जल कोरेयाले मार्कुस लोरेन्टेको पासमा गोल गर्दै एट्लेटिकोलाई तीन एक गोल अन्तरको जित सुनिश्चित गरे ।
प्रतिक्रिया दिनुहोस