१३ फाल्गुन २०७७, बिहीबार

५ कम्पनीको सेयर कारोबार मूल्य सर्किट ब्रेक नजिक

काठमाडौं, ११ माघ । साताको पहिलो दिन आईतबर सेयर बजारमा हरियाली छाएको छ । कारोबार शुरु भएदेखि नै उकालो लाग्न सुरु गरेको सेयर कारोबार मापक नेप्से परिसूचक एक घण्टामा नै ४८ अंकले माथि लागेको छ ।

पहिलो घण्टामा नै ५ कम्पनीहरुको सेयर मूल्य सर्किट ब्रेक नजिक पुगेर कारोबार भइरहेको छ । सबैभन्दा धेरै गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेको छ । दोस्रोमा गुराँस लघुवित्त वित्तीय संस्था र तेस्रोमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर मूल्य बढेको छ ।

एकैदिनमा १० प्रतिशत घटबढ हुनेवित्तिकै त्यस दिनका लागि सर्किट ब्रेक लागेर कारोबार रोकिन्छ । यी कम्पनीहरुको १० प्रतिशत प्रतिशत पुग्न लागेका छन् । प्रभु लाइफ इन्स्यारेन्स र गोर्खा फाइनान्सको पनि सेयर मूल्य सर्किट ब्रेक नजिक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस