१३ फाल्गुन २०७७, बिहीबार

बाघको आक्रमणबाट ५० वर्षीया महिला गम्भीर घाइते

दाङ, ११ माघ । बाघको आक्रमणबाट दाङको देउखुरी लमही नगरपालिका–८ खोलीगाउँकी ५० वर्षीया बेलमती चौधरी गम्भीर घाइते भएकि छिन ।

शनिबार दिउँसो बाख्रा चराउन नजिकैको जङ्गलमा गएको बेला चौधरीलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट चौधरीको मुख, आँखा र टाउकोमा गम्भिर चोट लागेको छ । श्रीमान टुलिराम चौधरी रुखमा चढेर घाँस झार्दै गर्दा बाघले बेलमतीलाई आक्रमण गरेको थियो।

बाघको आक्रमणबाट गम्भीर घाइते भएकी बेलमतीको लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस