
नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठक पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो साढे १२ बजे बस्ने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिएकी छन ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ ।
ओलीलाई यसअघि नेकपा प्रचण्ड–नेपाल समूहले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ‘कारवाही किन नगर्ने ? भनि स्पष्टीकरण सोधेको थियो । तर, ओलीले जबाफ दिएनन् ।
यसअघि नै प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाउँदै माधव नेपाललाई मनोनयन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस