
आज देशभरको मौसम कस्तो रहन्छ ?
काठमाडौं, ११ माघ । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।
बाँकी भू–भागको मौसम सामान्यतय सफा रहेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती देशका पहाडी भू–भागहरूको मौसममा आंशिक बदली रहने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस