
सोमबार नागरिक समाजले बालुवाटारमै मार्चमास गर्ने
काठमाडौं, १० माघ । नागरिक समाजले आगामी सोमबार (माघ १२ गते) प्रधानमन्त्री निवास बालुवाटारमै प्रदर्शन गर्ने भएको छ ।
संसद विघटनको विरोधमा सुरु भएको बृहत नागरिक आन्दोलनले यसअघि नै बालुवाटारमै प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको थियो । सोहीअनुसार प्रदर्शन कार्यक्रम सोमबारका लागि तय गरिएको नागरिक आन्दोलनका प्रतिनिधि युग पाठकले जानकारी दिएका छन ।
दिउँसो २ बजे कमलपोखरी जम्मा भई कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएर बालुवाटारसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस