२८ चैत्र २०७७, शनिबार

पिएम कप एकदिवसीय पुरुष क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, ९ माघ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेलहरु हुँदैछन ।

मुलपानी क्रिकेट मैदानमा हुने खेलमा उपाधि दाबेदार ठानिएको बागमती प्रदेशले प्रदेश २ को सामना गर्दैछ ।

प्रदेश २ विरुद्ध मैदान उत्रंदा बागमती लगातार तेस्रो जितको खोजीमा हुनेछ । बागमतीले यसअघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो ।

प्रदेश २ भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा प्रदेश २ लुम्बिनीसँग पराजित भएको थियो ।

त्यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कर्णाली प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ ।

कर्णाली दोस्रो जितको खोजीमा रहेको छ । प्रतियोगिताबाट बाहिरिईसकेको प्रदेश १ भने पहिलो जितको खोजीमा छ ।

प्रतिक्रिया दिनुहोस