२८ चैत्र २०७७, शनिबार

अव लाइनमा होईन Online मा डिम्याट खाता खोलौं

  • “डिम्याट खाता मात्र १ घण्टामा” ।
  • “एन आई सी एशिया क्यापिटलमा Online मार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने”

काठमाडैँ । एन आई सी एशिया क्यापिटल लिमिटेडले पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणहरुको संख्या बढ्दो क्रममा रहेको र डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने भन्ने आम जनगुनासो बारम्बार आइरहेको हुँदा सर्वसाधारणहरुलाई प्रविधिको प्रयोग मार्फत तुरुन्त डिम्याट खाता नम्बर उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ “एन आई सी एशिया Online डिम्याट” सेवा सञ्चालन गरेको छ । हाल एन आई सी एशिया क्यापिटलले आम जनता माझ डिम्याट खाताको पहुँच बढाउन विभिन्न कार्यक्रम संचालन गरी “एक नेपाली, एक डिम्याट” अभियान सञ्चालन गरिरहेको छ ।  

एन आई सी एशिया क्यापिटलले “एन आई सी एशिया Online डिम्याट” सेवा सञ्चालन गरेको उपलक्ष्यमा मिति २०७७ साल माघ मसान्तसम्म Online मार्फत डिम्याट खाता खोल्ने सर्वसाधारणहरुलाई डिम्याट खाता नि–शुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । हाललाई यो सेवा काठमाण्डौ उपत्यकाभित्र मात्र उपलब्ध हुनेछ । साथै निकट भविष्यमा काठमाण्डौ उपत्यका बाहिरबाट समेत Online मार्फत डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाइने व्यहोरा बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएके हो ।

Online मार्फत डिम्याट खाता खोल्नका लागि एन आई सी एशिया क्यापिटलको वेबसाइट www.nicasiacapital.com वा सोझै https://onlinedemat.nicasiacapital.com/#/ मा क्लिक गरी रीतपुर्वक विवरण भरी उक्त विवरण Successfully Submission भएको १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराइने सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै उक्त सुविधा आइतबारदेखि बिहीबारसम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुने व्यहोरा जारी विज्ञप्तिमा जनाइएके छ । ।  छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस