९ बैशाख २०७८, बिहीबार

संसद् विघटन विरुद्ध बेलुन उडाएर प्रदर्शन

काठमाडौं, ८ माघ । नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघले संसद् विघटन विरुद्ध बेलुन उडाएर प्रदर्शन गरेको छ । केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट युवा संघले बेलुन उडाएर विरोध जनाएको हो ।

संसद् पुनर्स्थापनाको माग सहित युवा संघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । बुधबार मोटरसाइकल र्‍याली निकालिइएको थियो ।

दोस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस