१३ फाल्गुन २०७७, बिहीबार

बालकुमारी पुलमा झुण्डिएको अवस्थामा एक पुरुष फेला

काठमाडौं, ८ माघ । काठमाडौंको कोटेश्वर नजिकै बालकुमारी पुलमा झुण्डिएको अवस्थामा एक पुरुष फेला परेका छन् ।

बिहान साढे ९ बजेको समयमा ती पुरुष पुलको मुखमा रिलिङमा डोरी लगाएर झुण्डिएका थिए । उनको मृत्यु भइसकेको छ । अहिले प्रहरी घटनास्थलमा छ ।

स्थानीय बासिन्दाका अनुसार, उनी फोहोर उठाउने काम गर्ने व्यक्ति हुन् । उनलाई स्थानीय बासिन्दा ‘रमाइलो’ नामले चिन्छन् । उनको खास पहिचान भइनसकेको प्रहरीले बताएको छ ।

बिहानभर पुलमा धेरैपटक ओहोर–दोहोर गरेको र उनले डोरीको पासो लगाएर रिलिङमा झुण्डिएको स्थानीय बासिन्दाले देखेका थिए । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दक्ष बस्नेतले फोहोर उठाउँदै आएको व्यक्ति झुण्डिएको अवस्थामा भेटिएको बताएका छन ।

‘प्रहरीका अनुसार, उनी अत्यधिक मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेका छ ।

प्रतिक्रिया दिनुहोस