
नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप
काठमाडौं, ७ माघ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएका हुन ।
अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने उनले बताएका छन । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताएका छन ।
प्रतिक्रिया दिनुहोस