२८ चैत्र २०७७, शनिबार

प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्र्थापना गर्ने प्रक्रियाको सुरुवात :प्रचण्ड

काठमाडौं, ६ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्र्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् ।

प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास गनाएको टिप्पणी गरेमा छन । ‘यो राजतन्त्र पुनस्स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ’ उनले भने ।

आफूहरु युद्धमा नभएको बताउँदै अध्यक्ष प्रचण्डले आफूहरुले कानुनी राजको मान्यतामा हस्ताक्षर गरिसकेकाले हिंसात्मक आन्दोलनतर्फ जाने कुरै नहुने बताएका छन  ।

भेलालाई सम्बोधन गर्दै उनले प्राप्त उपलब्धि गुम्ने खतरा भएको बताएका छन।

उनले उपलव्धी गुम्ने स्थितिमा सबैभन्दा पीडाबोध आफूलाई भएको भन्दै विगतमा आफूले बोलेका कतिपय कुरालाई अपव्याख्या गर्ने काम भएको बताएका छन । उनले केही दिनअघि शाकाहारी आन्दोलनले नपुग्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस