७ बैशाख २०७८, मंगलवार

हिमालय एयरलाइन्सको ल्हासा परीक्षण उडान सुरु

काठमाडौं, ६ माघ । हिमालय एयरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान गरेको छ । आज बिहान सवा ७ बजे ल्हासाका लागि जहाज उडेको कम्पनीले जनाएको छ ।

ल्हासा संसारकै सबैभन्दा उचाईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल मानिन्छ । सफल परीक्षण उडानपछि यस रुटमा नियमित उडानको योजना रहेको कम्पनीको भनाइ छ ।

बिहान त्रिभुवन विमानस्थलबाट उडेको जहाज ल्हासागोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा विहान १०ः४६ बजे (स्थानीय समय)मा अवतरण गरेको थियो । यो जहाज ल्हासाबाट स्थानीय समयअनुसार अपरान्ह ३ बजे उड्नेछ । काठमाडौंमा स्थानीय समयअनुसार २ बजे अवतरणको योजना बनाइएको छ ।

ल्हासा नै उडान गर्न कम्पनीले भित्र्याएको ए३१९-११ न्यारोबडी जहाज परीक्षण उडानमा प्रयोग गरिएको छ । 

प्रतिक्रिया दिनुहोस