
प्रचण्ड–माधव समूहको पत्रकारहरुको भेला आज हुँदै
काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहको पत्रकारहरुको भेला आज काठमाडौंमा हुँदैछ ।
प्रेस संगठन नेपालको दोस्रो भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।
बिहान ११ बजे भृकुटीमण्डपबाट सुरु हुने र्याली प्रज्ञा भवन कमलादीमा पुगेर सभामा परिणत हुनेछ ।
भेलाका लागि देशभरबाट प्रचण्ड–माधव समूहमा रहेका पत्रकारहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस