
आज देशभरको मौसम कस्तो रहन्छ ?
काठमाडौं, ६ माघ । हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र त्यस आसपासका क्षेत्रमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेको छ।
हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।
त्यस्तै बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ । हाल तराईका भू–भागहरुमा हुस्सु र कुईरो लागेको छ।
आज काठमाडौंको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशका बाँकी प्रदेशहरुको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस