२८ चैत्र २०७७, शनिबार

संवैधानिक इजलासमा आजको सुनुवाइ सकियो, भोली फेरि हुने

काठमाडौं, ५ माघ । प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर भइरहेको सुनुवाइ सोमबारका लागि सकिएको छ । भोली फेरि सुनुवाइ हुने गरी उक्त मुद्दा हेर्दाहेदैमा राखिएको हो ।

आजको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ताहरु दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए ।

बहस गर्दै अधिवक्ता पोखरेलले बहुमतको सरकारका प्रधानमन्त्रीले सरकार चलाउन मन नभए राजीनामा दिनुपर्ने तर संसद विघटन गर्न नपाइने बताएका थिए । रिट निवेदनका तर्फबाट बहस गर्न साढे ३ सय वकिलहरुले निवेदन दिएका छन् ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचनको तोकेकी थिइन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस