९ बैशाख २०७८, बिहीबार

संसद विघटनविरुद्धको मुद्दामा आजको सुनुवाई सुरु

काठमाडौं, ५ माघ । प्रतिनिधिसभा विघटन विरुद्धको सर्वोच्चको संवैधानिक इजलासमा आजको सुनुवाई सुरु भएको छ ।

संसद विघटनविरुद्ध संवैधानिक इजलासमा १३ वटा रिट निवेदन परेका छन् ।

सर्वोच्चले उक्त मुद्दामा निरन्तर सुनुवाई गरिरहेको छ । ती मुद्दाको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा ५ सदस्य इजलास गठन भएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चबाट पुनस्र्थापनाको माग गर्दै मुद्दा परेको छ ।

नेकपाको प्रचण्ड–माधव समूह लगायत विपक्षी दलहरु आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस