
इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई गाभेसँगै माघ ११ देखि संयुक्त कारोबार
काठमाडौं, ५ माघ । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभेसँगै माघ ११ देखि संयुक्त कारोबार हुने भएको छ। गत असोज २८ गते दुवैले विशेष साधारणसभा बोलाएर मर्जरको प्रस्ताव पारित गरेका थिए।
प्रस्तावलाई नेपाल राष्ट्र बैंकले मंसिर १९ गते अन्तिम अनुमति दिएको थियो। त्यस्तै कम्पनी रजिस्ट्रारको कार्यालयले पुस ३ गते र नेपाल धितोपत्र बोर्डले पुस १० गते आवस्यक स्वीकृति प्रदान गरिसकेका छन्।
इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई १०० कित्ता बराबर ३० कित्ताको अनुपातमा प्राप्ति गरेको थियो। सिटी एक्सप्रेस फाइनान्सको चुक्ता पुँजी ४० करोड रुपैयाँ थियो। स्वाप रेसियो अनुसार सिटी एक्सप्रेसको १२ करोड रुपैयाँ पुँजी नेपाल इन्भेष्टमेन्ट बैंकमा थपिनेछ।
प्रतिक्रिया दिनुहोस