
आज देशभरको मौसम कस्तो रहन्छ ?
काठमाडौं, ५ माघ । हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासको क्षेत्रमा उत्पन्न भएको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना छ ।
देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
त्यसैगरी आज राती देशका पहाडी भू–भागको मौसममा आँशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।
प्रदेश नं १ का पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस