७ बैशाख २०७८, मंगलवार

‘मण्डलेहरुको बाटो र केपी ओलीको बाटो एउटै हो।’ :झलनाथ खनाल

काठमाडौं, ४ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले अँगालेको बाटो राजाको हुकुमी शासनको बाटो भएको बताएका छन्।

कमलादीस्थित प्रज्ञा भवनमा आयोजित अनेरास्वियु (दाहाल–नेपाल)को उपत्यका व्यापी भेलामा सम्बोधन गर्दै नेता खनालले नेपालमा १०४ वर्ष लामो राणा शासन, पञ्चायत शासन र राजाको जस्तो हुकुमी शासनको बाटोमा केपी ओली अघि बढेको आरोप लगाएका छन ।

देशमा राजा ज्ञानेन्द्रको हुकुमी शासन र ओलीको शासन एकै भएको उनले बताएका छन।

केपी ओलीको त्यही बाटोको विरोधमा टाउकोमा कफन बाँधेर सडकमा आउनुपर्ने अवस्था आएको खनालको भनाइ छ।

उनले भने, ‘मण्डलेहरुको बाटो र केपी ओलीको बाटो एउटै हो।’

प्रतिक्रिया दिनुहोस