९ बैशाख २०७८, बिहीबार

संविधानको हत्या भएको बेला, हामी हाँस्न सक्दैनौं : प्रचण्ड

काठमाडौं, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको हत्या भएको बेला आफूहरु हाँस्न नसक्ने बताउका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै प्रचण्डले संविधानको हत्या भएको भन्दै जोकरले देखाएको जस्तो व्यवहारले कोही हाँस्न नसक्ने बताएका छन ।

अनेरास्ववियू बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई भने, ‘तपाईको उल्टो खोपडी देखेर भाव व्यक्त गरेको मात्र हुँ, जति कमिक गर्नुछ, गर्नुस ।’

प्रतिनिधिसभा विघटनसँगै प्राप्त उपलव्धी गुम्न लागेको भन्दै उनले गणतन्त्र, समावेसी, धर्मनिरपेक्षता लगायत प्राप्त उपलव्धीको रक्षाका लागि सबै एकजुट हुन आव्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस