२८ चैत्र २०७७, शनिबार

संसद विघटनविरुद्ध दर्ता भएका रिट निवेदनमाथि सुनुवाइ सुरु

काठमाडौं, ४ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आजदेखि निरन्तर सुनुवाइ सुरु भएको छ । गत शुक्रबार संवैधानिक इजलासलेनै मुद्दा हेर्ने आदेश भएसँगै आजदेखि निरन्तर सुनुवाइ सुरु भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा आइतबारदेखि विषयवस्तुमा प्रवेश गरेर बहस सुरु भएको हो ।

उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै यही माघ १ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको थियो ।

रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस