७ बैशाख २०७८, मंगलवार

पिएम कप क्रिकेटः बागमतीले पुलिसविरुद्ध बलिङ गर्दै

काठमाडौं, ४ माघ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा बागमतीले पुलिसविरुद्ध बलिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । बागमतीले विपिन आचार्य, गौतम केसी र विभत्सु थापालाई बेन्चमा राखेको छ ।

पुलिसले दीलिप नाथ, योगेन्द्रसिंह कार्की र प्रेम तामाङलाई बेन्चमा राखेको छ । दुबै टोली पहिलो खेल खेल्दै छन् ।

पुलिसको टिममा मन्जित श्रेष्ठको कप्तानीमा कुशल भुर्तेल, अनिल शाह, अमित श्रेष्ठ, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सुनिल धमला, सागर ढकाल, ललित नारायण राजवंशी, राशिद खान र पवन सरार्फ खेल्दैछन ।

त्यस्तै बागमतीको टिममा ज्ञानेन्द्र मल्लको कप्तानीमा पारस खड्का, पृथु बास्कोटा, ईशान पान्डे, रामनरेश गिरी, दीपेश श्रेष्ठ, आकाश थापा, आदिल खान, अरियो पौडेल, तिलकराज भण्डारी र नन्दन यादव मैदानमा उत्रिएका छन ।

प्रतिक्रिया दिनुहोस