७ बैशाख २०७८, मंगलवार

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै

काठमाडौं, ३ माघ । देशभर पछिल्लो २४ घण्टामा २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर थप २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका २ सय ४० जनासँगै देशभर कोरोना संक्रमण हुनेहरुको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । यीमध्ये ४ हजार ५८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ सय ७७ जनाले कोरोना संक्रमणलाई जितेका छन् । थपिएको संख्यासँगै देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ६१ हजार ४४ जना पुगेका छन् ।

देशभर कोरोना संक्रमणबाट थप ६ जनाको निधन भएको छ । पछिल्लो २४ घण्टामा थपिएका ६ जनासहित देशभर १ हजार ९ सय ५४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस