२८ चैत्र २०७७, शनिबार

व्यक्तिप्रधान नीति बोकेका ओलीको अहंकार अहिलेको सबैभन्दा ठूलो समस्या :माधव नेपाल

काठमाडौं, ३ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले व्यक्तिप्रधान नीति बोकेका प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार अहिलेको सबैभन्दा ठूलो समस्या भएको बताएका छन ।

पार्टी एकता नहुँदासम्म आफूहरु निकै पेलिएर बसेको भन्दै नेपालले एकतापछि बल्ल बाँचियो भन्ने लागेको बताएका छन । ओलीमा आफू सबैभन्दा माथि हुनुपर्ने अहम् रहेका कारणनै पार्टीमा अहिलेको समस्या आएको बताएका छन ।

नेकपा दाङको अगुवा कार्यकर्ता भेलामा बोल्दै नेपालले कसैले माने पनि नमाने पनि ओलीले आफूलाई सबैभन्दा ठूलो व्यक्ति ठान्ने गरेका बताएका छन । अब आफू र प्रचण्डबीच कुनैपनि समस्या नरहेकाले आफूहरु कहिल्यै नफुट्ने पनि नेपालले बताएका छन ।

प्रतिक्रिया दिनुहोस