२८ चैत्र २०७७, शनिबार

द लास्ट डेट

मेरो जिवनबाट जाने भए जाउ तर अन्तिम पल्ट भेट्न आउ डम्बर नेपालीको यो चर्चित गीतले बजारमा धेरै दर्शकको मन छोयको थियो । उसले पनि मलाइ अन्तिम पटक भेट्न खोजिरहेकी थिइ । तर मलाइ लाग्दै थियो अब सम्बन्ध नै बाकी छैन भने किन भेट्नु ? आखीर ३–४ बर्ष देखिको सम्बन्धमा म प्रति कुनै साचो भावना छ भने एकपटक भेटु न भने पश्चात ठीकै छ नी त भनेर अन्तिम पटक डेट जान सहमत भए तर मलाइ उ प्रति न कुनै सदभाव थियो न कुनै सहानुभूति ।
आजको समयमा सामाजिक संजालले धेरै मानिसको सम्बन्ध बनाएको छ र धेरैको भएको सम्बन्ध पनि छुटदै गएको छ । मेरो उनीसंगको सम्बन्ध पनि पफ्सेवुकबाट नै शूरु भएको थियो । स्नातकोत्तर पढदै गरेको म भर्खरै साथीहरुको सहयोगमा पफ्सेवुक खोलेको थिय । सुरुवाती चरणमा भएकोले जो देखिन्छ उसैलाई साथी बनाउने प्रचलन थियो । पुरुष युवा मनले महिलाप्रतिको आकर्षण कसले रोक्न सक्छ र? यो त्रफ्ममा धेरै युवतिहरुलाई साथी बनाइयो र धेरैलाई के के भनेर बोलाइयो । यसै त्रफ्ममा सेतो कोट सहितको प्रोपफइल पफेटो भएकी एक युवतीसंग म सामाजिक संजालबाट जोडिने अवसर मिल्यो ।
अक्सर न्युज पिफ्डमा सीमित हुने म आज च्याट बक्समा व्यस्थ हुन थालेको थिय । दिन २ गुना रात ४ गुना हाम्रो मायाको सम्बन्ध पफ्क्रिदै थियो । पफेन , म्यासेज र म्यासेन्जर हुदै भिडियो कलमा हाम्रो लामो कुरा हुन्थ्यो । भर्खरै सामान्य चिकित्सा सकेर जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गत रही तातोपानी भन्सार कार्यालयमा काम गर्न थालेकी उनी समय समयमा भेटन काठमाण्डौ आउने गर्थिन । महिना महिना जस्तो समयमा हाम्रो भेटघाट भैरहेको नै हुन्थ्यो । सुरुवाती चरणमा मैले उनलाइ धेरै महत्व दिए पनि बोल्दै जाँदा म प्रति उनको आशत्तिफ् बढदै गएको थियो । धेरै दिन बस्न नमिल्ने समयमा उनी मलाइ कहिले बनेपा, कहिले दोलालघाट सम्म बोलाउने गर्थिन र त्यतै भेट हुथ्यो ।
त्रफ्मश उनको म प्रतिको समयको कमी हुदै थियो तर उनी समयको सट्टा मलाइ उपहार पठाउन थालेकी थिइन । भन्सारमा भएको कारण उनी चिनिया खानेकुराका परिकारहरु पठाउने गर्थिन । उनको म प्रतिको मायामा कुनै कमी थियन तर समय कम हुदै थियो । विस्तारै उनका उतै सम्बन्ध रहेको तथ्य थाहा पाउन थाले । उसका साथीहरु पनि मेरो सम्पर्कमा भएको कारण उसको बारेमा केही थाह पाउदै गएको थिय । तर पनि उनी मसंग प्रेममा थिइन । अब चाडै विवाह गर्ने कुरा घरीघरी गर्दै थिइन । म आफ्नो मायामा भन्दा पनि करियरमा नै पफेकस थिय । उनलाइ मसंग दिने समय हुन्नथ्यो तर साथीहरुको सागमा लामो यात्रामा जाने समय हुन्थ्यो । उनी २ सन्तानको बाबुसंग उतै लिभिङ टुगेदरको सम्बन्धमा रहेको थाह पाए पश्चात मलाइ कुनै मतलव थिएन । हुन त मायामा नापफ घाटा हेरिदैन तर उनीप्रति मेरो केही लगानी नभएको र मेरो यौवनको प्यास मेटाउन पाएकोमा उनी जादा पनि मलाइ कुनै गुनासो थिएन । न भेटमा कुनै उत्साह थियो न उ प्रतिको आशत्तिफ् । अन्तत खराव मान्छेको कचकच सहीरहनु भन्दा पिलो निचोरेजस्तो सदाका लागि फ्याल्नु पर्छ भन्दै त्यसलाइ लास्ट डेट बनाइयो ।

प्रतिक्रिया दिनुहोस