९ बैशाख २०७८, बिहीबार

पाँच वर्षको अवधिमा ६८.५७ प्रतिशत आवास पुनर्निर्माण

दमौली, ३ माघ । तनहुँ जिल्लामा पाँच वर्षको अवधिमा ६८.५७ प्रतिशत आवास पुनर्निर्माण सम्पन्न भएको छ । हालसम्म नौ हजार ३ सय ७३ घर पुनर्निर्माण भएको छ । पहिलो किस्ता लिने लाभग्राही १३ हजार ६ सय ६८ र दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या १० हजार ६ सय ५४ रहेको छ ।

माघ मसान्तभित्र डिपिसी गरेर वडा कार्यालयको सिफारिसपश्चात् दोस्रो किस्ता र आगामी वैशाख मसान्तभित्र घर सम्पन्न गरेर वडा कार्यालयको सिफारिसपछि तेस्रो किस्ताको रकम वितरणको तयारी गरिएको गुप्ताले जानकारी दिएका छन ।

कार्यालयका अनुसार व्यास नगरपालिकामा एक हजार ३ सय ५३, भानु नगरपालिकामा दुई हजार ९९३, बन्दीपुर गाउँपालिकामा ६ सय ८४, आँबुखैरेनी गाउँपालिकामा ५ सय ९७, देवघाट गाउँपालिकामा ४ सय १८, घिरिङ गाउँपालिकामा १ सय ९७, भीमाद नगरपालिकामा ६ सय ७३, म्याग्दे गाउँपालिकामा ९ सय १७, शुक्लागण्डकी नगरपालिकामा एक हजार २ सय २ र ऋषिङ गाउँपालिकामा ३ सय ३९ निजी आवास पुनर्निर्माण सकिएको छ ।

यसैगरी व्यास नगरपालिकामा दुई हजारले पहिलो र एक हजार ४ सय ८५ ले दोस्रो, भानु नगरपालिकामा चार हजार ३ सय ८८ ले पहिलो र तीन हजार ३ सय ५१ ले दोस्रो, बन्दीपुर गाउँपालिकामा ९ सय ४३ ले पहिलो र ८ सय १७ ले दोस्रो, आँबुखैरेनी गाउँपालिकामा ७ सय ३३ ले पहिलो र ६ सय ३८ ले दोस्रो, देवघाट गाउँपालिकामा ५ सय ९३ ले पहिलो र ४ सय ७८ ले दोस्रो, घिरिङ गाउँपालिकामा २ सय ९३ ले पहिलो र २ सय २० ले दोस्रो, भीमाद नगरपािलकामा एक हजार ४२ ले पहिलो र ८ सय २५ ले दोस्रो दोस्रो किस्ताबापतको रकम बुझेका छन् । त्यस्तै दोस्रो किस्ताबापतको रकम बुझ्नेमा म्याग्दे गाउँपालिकामा एक हजार तीन सय ११ ले पहिलो र एक हजार दुईले दोस्रो, शुक्लागण्डकी नगरपालिकामा एक हजार ८ सय ५२ ले पहिलो र एक हजार ४ सय ३२ ले दोस्रो र ऋषिङ गाउँपालिकाका ५ सय १७ ले पहिलो र ४ सय ६ लाभग्राहीले रहेका छन् ।

प्रबलीकरणतर्फ एक हजार ५ सय ६८ लाभग्राही रहेकामा एक हजार २ सय ४१ ले सम्झौता गरेका छन् भने एक हजार २ सय ३४ ले पहिलो र आठ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस