२८ चैत्र २०७७, शनिबार

भारतमा आजदेखि कोरोनाविरुद्धको खोप दिन शुरु

एजेन्सी, ३ माघ । भारतले आजबाट आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप प्रदान गर्न शुरु गरेको छ । आज बिहान साढे १० बजे प्रधानमन्त्री नरेन्द्र मोदीले यसको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सय जनाका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

भारतले पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिनेलाई खोप दिने बताएको छ ।

भारतले अक्स्फोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप “कोभिसिल्ड” उत्पादन गरिरहेको छ । सोही खोप आजबाट अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीलाई दिन लागेको हो ।

एक वर्षको अविधमा भारतमा १ करोड ५ लाख २७ हजार बढी मानिस संक्रमित भइसकेका छन् भने १ लाख ५१ हजार ९१८ जनाको ज्यान गइसकेको हिन्दुस्तान टाइम्स ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस