२८ चैत्र २०७७, शनिबार

नेपाल ल्याउँदै गरेको पेट्रोलियम पाइपलाइन फुटाएर तेल चोरी

काठमाडौं, २ माघ । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट तेल चोरी भइरहेको रहस्य खुलेको छ ।

मोतीहारी–अमलेखगञ्ज पाइपलाइन अन्तर्गत नेपाली सीमाबाट एक सय किलोमिटर पर बिहारको सिवानको नविगन्जमा पाइपलाइन फुटाएर हजारौँ लिटर डिजेल चोरी भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

पाइपमा प्वाल पारी तेल चोरी भइरहेको नवभारत टाइम्सले छापेको छ । नेपाल आयल निगमले भने पाइपमा आक्रमण भएको भए पनि डिजेल चोरीको जानकारी प्राप्त नभएको बताएको छ ।

पाइपलाइनमा आक्रमणलगत्तै भारतीय आयल कर्पोरेसनको मोतीहारीस्थित प्रणालीमा प्रेसर कम भएको र पाइपलाइनमा क्षतिको जानकारी भारतीय पक्षले तुरुन्तै पाएको निगमले दाबी गरेको छ ।

पाइपलाइन आक्रमणबाट भएको क्षति नेपालले व्यहोर्न नपर्ने पनि निगमले जनाएको छ। पाइपलाइनमा क्षति गर्नेलाई भारतीय अधिकारीले पक्राउ गरेर कानुनी कारबाही शुरु गरेको भारतीय सञ्चार माध्यमहरूमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस