२८ चैत्र २०७७, शनिबार

ट्रम्पमाथि प्रतिबन्ध लगाउने सोसल मिडियाको सूचिमा युट्युब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि युट्युबले पनि प्रतिबन्ध लगाउएको छ  ।

गुगल स्वामित्वको युट्युबले डोनाल्ड ट्रम्पको युट्युब च्यानललाई ७ दिनका लागि निलम्बन गरेको छ । जसका कारण अब ट्रम्पको युट्युब च्यानलमा नयाँ भिडियो अपलोड गर्न तथा लाइभ स्ट्रिम गर्न पाइने छैन । तत्कालका लागि ७ दिनको निलम्बन घोषणा गरिएको भएपनि समयावधि लम्बिन सक्ने र ट्रम्पको युट्युब च्यानलमाथि स्थायी रुपमै प्रतिबन्ध लाग्नसक्ने बताइएको छ ।

हिंसा भड्काउनका लागि ट्रम्पको युट्युब च्यानलले सहयोग गरेको र यसले युट्युबको नीति उल्लंघन गरेको ठहर गुगलको छ ।

ट्रम्पले मंगलबार मात्र आफ्नो युट्युब च्यानलमा विभिन्न भिडियोहरु अपलोड गरेका छन् र त्यसमध्ये केही भिडियोहरु आपत्तिजनक रहेको युट्युबले जनाएको छ ।

प्रतिबन्ध लगाइएका ट्रम्पका भिडियोहरुमा कस्ता कस्ता सामाग्रीहरु थिए भन्ने चाहीँ गुगलले खुलाएको छैन । बिबिसी

प्रतिक्रिया दिनुहोस