९ बैशाख २०७८, बिहीबार

नेकपा माधव-प्रचण्ड समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं, २ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ।

बैठक बिहान ११ बजेपछि स्थायी कमिटी बैठक सुरु भएको हो।

आजको बैठकले नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका नेताहरुलाई जिम्मेवारीबाट हटाएर आफू पक्षका मान्छेलाई राख्ने तयारी गरेको छ । यस्तै यसअघिनै सार्वजनिक भएको आन्दोलनका कार्यक्रमहरु र त्यसको समीक्षा पनि बैठकमा हुनेछ ।

प्रचण्ड-माधव समूहले आजको बैठकमार्फत प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई हटाउने तयारी छ । त्यहाँ इन्चार्ज प्रचण्ड र अध्यक्ष नेपालनिकटका लाई बनाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस