२८ चैत्र २०७७, शनिबार

आज देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौं, २ माघ । हाल देशभरको मौसममा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव कायम रहेको छ ।

हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरैजसो भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

त्यस्तै देशका बाँकी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

त्यस्तै प्रदेश नं १ एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राती प्रदेश १ र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।

देशका अन्य भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस