
नेपालमा कोरोना संक्रमितको संख्या घट्दै
काठमाडौं, १ माघ । देशभर पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर थपिएका ४ सय ३ जनासहित कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ जना पुगेको छ । यीमध्ये ४ हजार २ सय २६ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ४ सय ५ जनाले कोरोना संक्रमण जितेका छन् । मन्त्रालयकाअनुसार थपिएको संख्यासँगै देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको छ ।
देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या देशभर १ हजार ९ सय ४३ जना पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस