
देशमा के हुँदैछ ? : योगेश भट्टराई
काठमाडौं, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता योगेशकुमार भट्टराईले अदालतमा भइरहेका बहसका विषयमा प्रश्न उठाएका छन् ।
विगतमा लोकतन्त्रविरुद्ध र लोकतन्त्रवादीहरुलाई जेल पठाउन बहस गर्नेहरु आज प्रधानमन्धीको पक्षमा बहस गरिरहेको भन्दै नेता भट्टराईले विगतदेखि लोकतन्त्रको पक्षमा बहस गर्ने वकिलहरु आज प्रधानमन्त्रीको कदमको विपक्षमा बहस गरिरहेको बताएका छन् ।
उनले यस्तो ट्वीट गरेका छन्–
‘हिजो लोकतन्त्रका बिरुद्ध र लोकतन्त्रबादीहरुलाई जेल पठाउन बह्सगर्ने वकिलहरु आज प्रधानमन्त्रीका पक्षमाबहस गर्दैछन् अर्कातिर हिजोदेखि आजसम्म लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता र कार्यकर्तालाई जेलबाट छुटाउन बहसगर्ने वकिलजति सबैआज प्रधानमन्त्रीको कदमका बिपक्षमा । देशमा के हुँदैछ ?
प्रतिक्रिया दिनुहोस