
सुनचाँदीको मुल्य ह्वात्तै घट्यो
काठमाडौं, १ माघ । विहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९२ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी आज प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २०० सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस