
काठमाडौंको भद्रकालीमा विच सडकमा बस पल्टियो
काठमाडौँ, १ माघ । काठमाडौंको भद्रकाली नजिकै आज विहान बस दुर्घटना भएको छ।
भद्रकाली नजिकैको आकासे पुल छेउमा चन्द्रागिरि यातायातको बस बिहान ७ः५५ बजेतिर सडकमै पल्टिएको हो ।
बसमा तीन जना सवार थिए । तर दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।
बसमा सवार रहेका भनिएका अर्का एक व्यक्ति भने सम्पर्कमा छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बस दुर्घटनाको कारण खुलेको छैन । बसलाई सडकबाट हटाउने प्रयास जारी छ ।
प्रतिक्रिया दिनुहोस